भोलीदेखि अष्ट्राजेनिकाको खोप दिइने भएको छ। त्यसका लागि काठमाडौँमा १४४ वटा केन्द्र तोकिएका छन्।
कोभिसिल्डको पहिलो डोज लगाएकालाई अष्ट्राजेनिकाको खोप दिइने छ। यसअघि भेरोसेलको मात्रा लगाएकै खोप केन्द्रमा खोप लगाइने भएको हो।
पहिलो मात्रा लगाएको खोप कार्ड लिएर जानुपर्नेछ। पूर्णरुपमा जनस्वास्थ्यको मापदण्ड पालना गरी खोप लगाउनुपर्नेछ।