भारतका जेवलिन थ्रोअर नीरज चोपडाले ओलम्पिक एथलेटिक्समा स्वर्ण पदक जितेर १२१ बर्षको खडेरीलाई अन्त्य गरेका छन्।
नीरजले शनिबार खेलेको फाइनल खेलमा ८७.५८ मिटरको उत्कृष्ट थ्रोका साथ जेवलिन थ्रोअरमा स्वर्ण पदक जिते। नीरजको यो ऐतिहासिक उपलब्धि पछि उनीमाथि पुरस्कारको बर्षा सुरु भएकाे छ। जीतको ३ घन्टाभित्र नीरजलाई १३.७५ करोड नगद पुरस्कार दिने घोषण गरियो।
राज्य सरकारहरु, रेलवे, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) र भारतीय ओलम्पिक संघले नीरजलाई नगद पुरुस्कार दिने घोषणा गरेका छन्। हरियाणाका नीरजलाई हरियाणा सरकारले ६ करोड रुपैयाँ नगद र क्लास वनको जागीर दिने घोषणा गरेकाे छ।