बलिउड अभिनेत्री मलाइका अरोरा फिल्म उद्योगको चर्चीत महिला हुन्। फिल्ममा आइटम नम्बरदेखि ग्लैमर र रियालिटी शोमा नृत्यगर्ने सम्म मलाइकाको जवाफ छैन।
अब मलाइका अरोरा बिग बोस ओटीटीको प्रिमियरमा परम सौन्दर्यको रुपमा देखिने छिन्। उनी आफ्नो नृत्यबाट एकपटक फेरी सबैको मन जित्नेछिन्। शोको एक नयाँ प्रोमो बाहिर आएको छ, जसमा मलाइका अरोरा फिल्म मिमीको गीतमा नाचिरहेको देख्न सकिन्छ।