सोमबार दिउँसो ३ बजे नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ। बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।
उनले केन्द्रीय कमिटी बैठक अघि विहान ११ बजे स्थायी कमिटी बैठक बस्ने पनि जानकारी दिए। बैठकले अध्यक्ष केपी शर्मा ओली राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्तावलाई एकरुपता दिने बताइएको छ।
कार्यालय सचिव तामाङका अनुसार केन्द्रीय कमिटी बैठकमा तीन वटा प्रतिवेदन पेस गरेर छलफल खुला गरिने छ।