नेपाली काँग्रेसका करिव ४० जना जिल्ला सभापतीहरु काठमाडौंको ठमेलस्थित एक होटलमा भेला हुन लागेका छन्।
पार्टीको संस्थापन पक्ष इतर ४० जिल्ला सभापतीहरु दिउँसो १२ बजे बैठकका लागि ठमेलस्थित एक होटलमा भेला हुने क्रम शुरु भइसकेको छ।
महाधिवेशनको सुनिश्चितता र सरकारलाई जनपक्षीय काम गर्न सुझाव तथा दबाब सिर्जना गर्ने उद्देश्यले बैठक बस्न लागिएको एक जिल्ला सभापतीले जानकारी दिए।
बैठकमा जिल्ला सभापती बाहेम कोहि केन्द्रिय सदस्यहरु सहभागी नहुने बताइएको छ।