काठमाडौं — नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।
सोमबार च्यासलस्थित तुल्सीलाल भवनमा बसेको बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ ।
केन्द्रीय कमिटी बैठक आजै दिउँसो तीन बजे बस्नेछ ।
एमालेले भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन तय गरिसकेको छ ।
संस्थापन पक्षले बोलाएको बैठकमा आज पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष उपस्थित भएन । आन्तरिक विवाद समाधान नहुँदासम्म बैठकमा सहभागी नहुने नेपाल पक्षको अडान छ ।
बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी भए ।