भारत — बिहारको गोपालगञ्जमा ३ अगस्टदेखि हराइरहेका एक पुरुषको शव र टाउको बरामद गरिएको छ ।
मृतकका आफन्तले प्रेम सम्बन्धका कारण उनको हत्या भएको आरोप लगाएका छन् । उक्त घटना गोपालगञ्जको विशाम्भरपु्र थाना आसपासमा रहेको रुपा गाउँको हो, जहाँ प्रेम कुमार, सिपिखास गााउँकी एक युवती अन्शु कुमारीसँग विगत पाँच बर्षदेखि प्रेम सम्बन्धमा थिए । तर, उनीहरु बिचको सम्बन्ध प्रेमिकाको परिवारलाई मन परेको थिएन ।
गत अगस्त ३ का दिन प्रेमिकाले आफ्नो प्रेमीलाई फोन् गरिन् र उनलाई भेट्न बोलाइन् । प्रेमी उसलाई भेटन उनको घर पुगे । त्यतिबेला देखि नै प्रेम गायब भयो ।
जब उनी आफ्नो घर फर्केनन्, त्यसपछि उनको दाईले अपहरण अथवा हत्या भएको भन्दै प्रहरीमा उजुरी दिए । जसमा ४ जनालाई अभियुक्क्त बनाइएको थियो । उजुरी पछि प्रहरीले कारबाही प्रक्रियालाई अगाडि बढाए, अनुसन्धानका क्रममा आइतबार गण्डक नदीबाट प्रहरीले शव बरामद गर्यो ।
घटनाका ३ अभियुक्तहरुलाई प्रहरीले जेल चलान गरेको छ । पक्राउ पर्ने डरले प्रेमिका र दुई अन्य आरोपी फरार छन् । मृतकका दाईका अनुसार प्रेम कुमार घरबाट आफ्नी प्रेमिकालाई भेट्न सिपायाखास गाउँ गएका थिए, जहाँ उनको घाँटी काटेर हत्या गरियो र त्यसपछि नदीमा फालियो ।