लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सोमबार लुम्बिनी प्रदेश सभा सदस्य लिला गिरीले प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै अदालतमा रिट दायर गरेकी हुन् ।
गत सोमबार विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको थियो । साथै उनीहरूले विशेष अधिवेशनको पनि माग गरेका थिए ।
त्यसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबार दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।
सम्बन्धित समाचारः लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता, विशेष अधिवेशन माग