नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
च्यासलस्थित तुल्सीलाल भवनमा बैठक अहिले बसिरहेको छ । बैठकमा विधान संशोधन प्रस्तावका बारेमा छलफल भइरहेको छ ।
यसअघि सोमबार बिहान बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो ।
एमालेले भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन तय गरिसकेको छ ।
संस्थापन पक्षले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष उपस्थित भएन । आन्तरिक विवाद समाधान नहुँदासम्म बैठकमा सहभागी नहुने नेपाल पक्षको अडान छ ।