जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना महामारीका कारण जारी निषेधाज्ञा उल्लङ्घन गरी विद्यालय सञ्चालन गर्ने मकवानपुरको हेटौँडाका दुई विद्यालय सञ्चालकलाई आज जरिवाना गरी कारबाही गरेको छ।
कारवाही पर्नेमा हेटौँडा उपमहानगरपालिका–७ नागसोतीस्थित तासिर इग्लिस सेकेन्डरी विद्यालयका सञ्चालक ३६ वर्षीय अमृतप्रसाद ढकाल र हेटौँडा उपमहानगरपालिका–५ स्थित ज्ञानोदय बालवाटीका विद्यालयका सञ्चालक मनहरि गाउँपालिका–५ बस्ने श्यामकुमार बानियाँलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।
दुवै विद्यालयका सञ्चालकलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम सो कार्यालयले जनही रु १० हजारका दरले जरिवान गरेको बताइएको छ।