काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असामान्य तरिकाले सरकार परिवर्तन भएको बताएका छन् ।
अदालतको आदेशपछि प्रधानमन्त्रीबाट हटेपछि मंगलबार पहिलोपटक संसदमा बोल्दै ओलीले लोकतन्त्रमा सरकार परिवर्तन सामान्य रहे पनि अहिले असामान्य तरिकाले सरकार परिवर्तन भएको बताए ।
उनले नयाँ सरकार बन्दा दसैंमा केटाकेटी आगनमा नाचे जसरी केही मानिस नाचेको उनले बताए ।
ओलीले सरकारले सुकुम्बासी आयोग खारेज गरेर सुकुम्बासीको घाँटी सेर्ने काम गरेको आरोप लगाए ।
सरकारले एक महिना खेर फालेको आरोप लगाए ।
ओलीले आफू असाधारण जनमतका साथ सरकारमा आउने बताए । उनले आफूलाई राम्रो ग्रहदशाले नभएर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको बताए ।