काठमाडौं उपत्यकामा संक्रमण बढेपछि नयाँ नियम लागू भएको छ ।
संक्रमण बढेपछि सवारी साधनको आवतजावतमा कडाइ गर्दै बेलुकी ८ बजेपछि सञ्चालन गर्न नपाइने नियम लागू गरिएको छ ।
बिहीबार रातिदेखि लागू हुने उक्त नियम सार्वजनिक तथा निजी सवारी साधनमा लागू हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।
निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको छ । उपत्यकामा साउन १६ गते थपिएको निषेधाज्ञा अब ८ भदौसम्म जारी रहनेछ ।
पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गइरहेको छ । हाल उपत्यकामा १० हजार ६९५ सक्रिय संक्रमित छन् ।