काठमाडौं — पछिल्लो २४ घण्टामा थप ४९०४ जनामा संक्रमण पुष्टि भएको छ ।
१९ हजार १२३ नमुना परिक्षण गर्दा ४९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या ७ लाख २० हजार ६८० पुगेको छ । जसमध्ये ३७ हजार ३३२ सक्रिय संक्रमित छन् ।
मंगलबार २११५ जना निको हुँदा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।
हालसम्म ६ लाख ७३ हजार १९८ जना संक्रमित मृत्यु हुँदा १० हजार १५० को मृत्यु भएको छ ।
आज सबैभन्दा बढी काठमाडौं जिल्लामा ७९५ संक्रमित थपिएका छन् । त्यस्तै, झापामा २९७, कास्कीमा २९४, ललितपुरमा २३९, भक्तपुरमा १५२ संक्रमित थपिएका छन् ।
सम्बन्धित समचारः संक्रमण बढेपछि काठमाडौंमा नयाँ नियम लागू