काठमाडौं उपत्यकामा ११८६ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार उपत्यकाको काठमाडौंमा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५२ संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या २ लाख ९१ हजार ७१४ पुगेको छ । तीमध्ये २ लाख ७७ हजार ८०४ संक्रमित निको भएका छन् ।
हाल काठमाडौंमा उपत्यकामा १० बढी सक्रिय संक्रमित छन् ।
हालसम्म उपत्यकामा कोरोना संक्रमणबाट कारण ३ हजार जनाको मृत्यु भएको छ ।
मंगलबार देशभर ४९०४ संक्रमित थपिँदा ३५ जनाको मृत्यु भएको छ ।
पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गइरहेको छ । संक्रमण बढेपछि उपत्यकामा राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने नियम लागू गरिएको छ ।
कुन जिल्लाको अवस्था के ?