काठमाडौं — भारतको राजधानी दिल्लीमा विवाह गर्न अस्वीकार गर्ने केटीको तरकारी किन्न जाँदा घाँटी काटेर हत्या प्रयास गरिएको छ ।
यो घटना उत्तर पूर्वी दिल्लीको हो, जहाँ तरकारी किन्न जाँदै गरेकी एक युवतीको घाँटी काटेर हत्या प्रयास गरिएको छ । परिवारले सुमित नामक केटामाथि हत्या प्रयासको आरोप लगाएका छन् ।
युवतीको परिवारका अनुसार केटा र केटी दुबै एकअर्कालाई पहिलेदेखि नै चिन्थे । केटाले केटीलाई उनीसँग बिहे गर्न दबाब दिइरहेका थिए तर केटीले भने विवाह गर्न अस्वीकार गरेकी थिइन् ।
प्रहरीले उक्त घटनाको वषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।