पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार १६ हजार ६५६ नमुना परिक्षण गर्दा ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल परिक्षणको २४ प्रतिशत र ४ जनाको परिक्षण गर्दा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या ७ लाख ९५ हजार ३९१ पुगेको छ । तीमध्ये ३८ हजार ३३ सक्रिय संक्रमित छन् ।
बुधबार संक्रमणबाट ३० जनाको मृत्यु भएको छ । योसँगै कोरोना मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ ।
बुधबार १८८५ जना निको भएका छन् । हालसम्म निको हुने प्रतिशत ९३ रहेको छ ।
सङ्क्रमितमध्ये ३४,८१३ जना घरमा तथा ३,२२० जना संस्थागत आइसोलेशनमा छन् । अहिले ७९६ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १८४ जना भेन्टिलेटरमा छन् ।
अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या २८ लाख नाघेको मन्त्रालयले जनाएको छ ।