स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रका आधारमा विद्यार्थीलाई खोप दिने निर्णय गरेको हो ।
उक्त निर्णयपछि विद्यार्थीले प्रवेशपत्रका आधारमा वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल पानीपोखरी, शसस्त्र प्रहरी बल बलम्बु अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाउन पाउनेछन् ।
यस निर्णयबाट ५५ देखि ६० हजार विद्यार्थी लाभान्वित हुनेछन् ।
हाल कक्षा ११, स्नातक र स्नातकोत्तरका विभिन्न तहका परिक्षा भौतिक रुपमै भइरहेका छन् ।
संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न सरकारसँग माग गरेको थियो ।