काठमाडौं — आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद शाहले नेपाल प्रहरीलाई सवा ४ करोडका सवारी साधन हस्तान्तण गरेका छन् ।
आज एक कार्यक्रमका बीच मन्त्री शाहले नेपाल प्रहरीलाई सवा ४ करोडका सवारी साधन हस्तान्तण गरेका हुन् । हस्तान्तरण गरिएमा सामाग्रीमा ड्रोन क्यामेरा, बारुण यान्त्र, मोबाइल पिकअप भ्यानलगायत छन् ।
त्यसले प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन सहयोग गर्ने मन्त्री शाहले बताए । साथै विपतमा परेकोलाई सहयोग गर्न पनि सघाउ पुग्ने मन्त्री शाहले विश्वास व्यक्त गरे ।
यस्तै, प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याउने भएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री शाहले प्रदेशस्तरमा आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याउने निर्णय गरेका हुन् ।
उनले त्यसका लागि आवश्यक जनशक्ति उपलब्ध गराउन चारवटै सुरक्षा निकायलाई अनुरोध गरेका छन् । आपतकालिन कार्य सञ्चालन केन्द्र खटिएका जनशक्तिका लागि आवश्यक व्यवस्थापन आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गर्नेछ ।
मन्त्रालयले कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै त्यसलाई न्यूनिकरण गर्न आवश्यक व्यवस्था गर्न सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।