अर्थ मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरुको नयाँ तलबमान तयार गरेको छ। नयाँ आर्थिक बर्ष अर्थात २०७८ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान तयार गरिएको हाे।
यस्तो छ, २०७८ साउन १ गतेदेखि लागू हुने शिक्षकको नयाँ तलबमान
पद/श्रेणी |
शुरू तलब स्केल |
ग्रेड संख्या
|
ग्रेड दर |
जम्मा |
माध्यामिक (प्रथम श्रेणी) |
४९,३८० |
६ |
१,६४६ |
५९,२५६ |
माध्यामिक (द्वीतीय श्रेणी) |
४२,३८० |
८ |
१,४१३ |
५३,६८४ |
माध्यामिक (तृतीय श्रेणी) |
३७,९९० |
८ |
१,२६७ |
४८,१२६ |
निम्न माध्यामिक (प्रथम श्रेणी) |
३९,८८० |
८ |
१,३३० |
५०,५२० |
निम्न माध्यामिक (द्वीतीय श्रेणी) |
३७,९९० |
८ |
१,२६७ |
४८,१२६ |
निम्न माध्यामिक (तृतीय श्रेणी) |
३०,२०० |
८ |
१,००७ |
३८,२५६ |
प्राथमिक (प्रथम श्रेणी) |
३७,९९० |
८ |
१,२६७ |
४२,१२६ |
प्राथमिक (द्वीतीय श्रेणी) |
३०,२०० |
८ |
१,००७ |
३८,२५६ |
प्राथमिक (तृतीय श्रेणी) |
२८,६१० |
६ |
९५४ |
३४,३३४ |
दुई विषयसम्म एसएलसी अनुत्तीर्ण |
२४,०१० |
६ |
८०१ |
२८,८१६ |
माध्यामिक तहका शिक्षकको नयाँ तलबमान
माध्यामिक तहका शिक्षकहरुलाई ३ तह छुट्याएर नयाँ तलब निर्धारण गरिएको छ। माध्यामिक शिक्षक प्रथम श्रेणीको शुरु तलब स्केल ४९ हजार ३ सय ८० रुपैयाँ छ। छैटौँ ग्रेडको प्रतिग्रेड दर १६ सय ४६ रुपैयाँ थप भइ ५९ हजार २ सय ५६ रुपैयाँ मासिक तलब पुगेको छ।
त्यस्तै माध्यामिक तहका द्वीतीय श्रेणीको शुरु तलब स्केल ४२ हजार ३ सय ८० कायम रहेकोमा प्रतिग्रेड संख्या १४ सय १३ रुपैयाँले आठौं ग्रेडका शिक्षकको तलब ५३ हजार ६ सय ८४ रुपैयाँ पुगेको छ। माध्यामिक शिक्षक तेश्रो श्रेणीको ८ औं ग्रेड शिक्षकको प्रतिग्रेड १२ सय ६७ रुपैयाँ थप भएर ४८ हजार १ सय २६ रुपैयाँ पुगेको छ।
निम्न माध्यामिक तहका शिक्षकको नयाँ तलबमान
निम्न माध्यमिकतर्फ प्रथम श्रेणीका आठौं ग्रेडका शिक्षकको सुरुको तलबमान ३९ हजार ८ सय ८० रुपैयाँ रहेको छ। प्रतिग्रेड १३ सय ३० रुपैयाँ थपसहित प्रतिमहिना ५० हजार ५ सय २० रुपैयाँ पुगेको छ।
निम्न माध्यमिक तहकाे दोस्रो श्रेणीका ८ औं ग्रेड शिक्षकको सुरुको तलब ३७ हजार ९ सय ९० रुपैयाँ रहेको छ। प्रतिग्रेड १२ सय ६७ रुपैयाँ थप हुँदा मासिक तलब ४८ हजार १ सय २६ रुपैयाँ पुगेको छ। यस्तै तृतीय श्रेणीको शिक्षकको सुरुको तलब ३० हजार २ सय रुपैयाँ रहेकोमा प्रति ग्रेड १ हजार ७ रुपैयाँ जोड्दा ३८ हजार २ सय ५६ रुपैयाँ पुगेको छ।
प्राथमिक तहका शिक्षकको नयाँ तलबमान
प्राथमिक तहका शिक्षकतर्फ एसएलसी उतीर्ण प्रथम श्रेणीका आठौं तहका शिक्षकको सुरुको तलबमान ३७ हजार ९ सय ९० रुपैयाँ पुगेको छ भने प्रतिग्रेड १२ सय ६७ रुपैयाँ थप गर्दा ४८ हजार १ सय २६ रुपैयाँ पुगेको छ। एसएलसी उत्तीर्ण गरेका द्वितीय श्रेणीका प्रावि शिक्षकको सुरु तलब ३० हजार २ सय पुगेको छ भने प्रतिग्रेड १ हजार ७ रुपैयाँ गरी कुल मासिक ३८ हजार २ सय ५६ रुपैयाँ पुगेको छ।
यस्तै एसएलसी उत्तीर्ण तृतीय श्रेणीको छैटौँ तहका शिक्षकको सुरु तलब २८ हजार ६ सय १० मा प्रतिग्रेड ९५४ रुपैयाँ थपिँदा मासिक तलब ३४ हजार ३ सय ३४ रुपैयाँ पुगेको छ। यस्तै दुई विषयसम्म एसएलसी अनुत्तीर्ण छैटौँ तहका शिक्षकको सुरुको तलब २४ हजार १० रुपैयाँमा प्रति ग्रेड ८ सय १ रुपैयाँ थपिँदा २८ हजार ८ सय १६ रुपैयाँ पुगेको छ।
दुई विषयभन्दा बढी एसएलसी अनुत्तीर्ण छैटौं तहका शिक्षकको सुरुको तलबमान २२ हजार ६ सय ८० मा प्रतिग्रेड ७ सय ५६ थपिँदा २७ हजार २ सय १६ रुपैयाँ पुगेको छ।
माथि उल्लेखित तलब स्केललाई अर्थमन्त्रालयले स्वीकृति दिएसँगै साउन १ मा लागू हुने गरी कार्यान्वयनमा आएको छ।