संविधानमा भएकाे व्यवस्था अनुरूप राज्यका निकायहरूमा महिला सहभागिता गराउन विभिन्न महिला सञ्जालले राजनीतिक दलसँग अपील गरेका छन्।
बिहिबार जनता समाजवादी पार्टी (जसपा)काे कार्यालयमा पार्टी अध्यक्ष उपेन्द्र यादवसँग भेटेर विभिन्न ३ वटा महिला सञ्जालकाे टाेलीले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तलाई आत्मसाथ गरी नियुक्ती गर्न अपिल गरेका हुन्।
मन्त्रिपरीषद, न्यायपाालिका, संवैधानिक आयोगहरु, कुटनीतिक तथा राजदूतहरूको नियुक्ती गर्दा समानुपातिक समावेशीको सिद्धान्तलाई बेवास्ता गरीएको भन्दै अन्तरपुस्ता महिलावादी मञ्च, महिला मानवीय तथा विपद् जोखिम न्यूनीकरण र महिला मञ्च मैत्रीविपद व्यवस्थापन समूहले अध्यक्ष यादबलाई अपील पत्र बुझाएका हुन्।
निर्णायक तहमा गरीने नियुक्तहरु नातावाद, कृपावादका आधारमा हुने गरेको पाइएको, जसले दुतावास,मन्त्रालय, आयोगहरुको निष्पक्षता,स्वतन्त्रता, आयोगका पदाधिकारीहरुको निष्ठा र उत्तरदायित्वमाथि गम्भिर प्रश्न खडा भएको सञ्जालकी सरु जोशीले बताइन्। सञ्जालसँग आबद्ध रिता शाहले राष्ट्रियस्तरमा महिलाहरुले आफ्नो आवाज उठाउन नपाएका जिकिर गरिन।
उनीहरूले नेपालको संविधानले परीकल्पना गरेजस्तो जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकन्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार ,मानव अधिकार र निष्पक्ष कानुनी राज्यको अवधारणाका साथै लोकतान्त्रिक मूल्य मान्यतामा आधारीत समृद्ध राष्ट्र निर्माण गर्न, समानुपतिक समावेशी र सहभागितामूलक सिद्धान्तलाई आत्मसाथ गरी राज्यका निकायहरुमा स्वतन्त्र र निष्पक्ष नियुक्ती हुनुपर्ने अपील गरे।
यी महिला समुहले सबै राजनीतिक दलहरूलाइ ज्ञापन बुझाउने तयारी गरेका छन्।