विभिन्न माग राख्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिन पुगेका करीब डेड सय शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शिक्षक महासंघ नेपालले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रलाई छुट्याउनुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामूहिक रुपमा बढुवा गराइनुपर्ने, कर्मचारीलाई संघीय सरकारले तलब, भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न मागहरु राख्दै गत वैशाखदेखि आन्दोलनमा छन्।