बेलायतको प्लाइमाउथमा अन्धाधुन गोली हानाहान हुँदा सन्दिग्ध बन्दुकधारीसहित ६ जनाको मृत्यु भएको छ ।
डेभन र कर्नवाल प्रहरीका अनुसार बिहीबार साँझ भएको उक्त घटनामा किहम क्षेत्रको हो । मृत्युहुनेहरुमा १० बर्षीय एक बालक, ३ महिला, दुई पुरुष र सन्दिग्ध रहेका छन् ।
यो कुनै आतंकवादी हमला नभएको प्रहरी पुष्टि गरेका छ । बेलायतमा गोली हानाहानको घटना दुलर्भ हुने गरेको छ । उक्त घटनापछि त्यहाँका नागरिकहरुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ ।