पछिल्लो २४ घण्टामा ३ हजार ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ७ लाख २८ हजार ५३२ पुगेको छ । जसमध्ये ३८ हजार ७८९ सक्रिय संक्रमित छन् ।
शुक्रबार कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट १० हजार २३९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा थप दुई हजार ११८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ७९ हजार ४९५ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा ३५ हजार ५१८ होम आइसोलेसन, तीन हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसैगरी ७३६ जना आइसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७९८ जना छन् ।