लर्डसमा जारी भारत र इगंल्याण्डविचको दोश्रो टेष्ट क्रिकेटमा भारत बलियो स्थितीमा छ। पहिले व्याटिङ गरेर ३ सय ६४ रन बनाएको भारतले दोश्रो दिनको खेल सकिँदासम्म उसले इगंल्याण्डको ३ विकेट हात पारीसकेको छ।
इगंल्याण्डका रोरी बन्र्स १ सय ३६ बलमा ४९ रन, डोम सिब्ले ४४ बलमा ११ रन र हसिब हमिद पहिलो बलमा शुन्य रनमा आउट हुँदा इगंल्याण्डले ४५ ओभरमा १ सय १९ रनमात्र जोड्न सक्यो। उसका लागि कप्तान जोय रुट ७५ बलमा ४८ रन र जोनी बेयरस्टो १७ बलमा ६ रन बनाएर अविजित छन्।
बलिङतर्फ भारतका महमद सिराजले २ (सिब्ले र हमिद) र महमद शामीले १ (बन्र्स)को विकेट लिए।
यसअघि भारतले पहिलो पारीमा ३ सय ६४ रन बनाएको थियो। उसका लागि शतकिय पारी ओपनर केएल राहुलले २ सय ५० बलमा १ सय २९ रन बनाए। यस्तै अर्का ओपनर रोहित शर्माले १ सय ४५ बलाम ा८३ रन बनाए। यसैगरी कप्तान विराट कोहली ४२, रविन्द्र जडेजा ४०, रिषभ पन्त ३७ रन बनाए। चेतेश्वर पुजारा, अजनिक्य रहाणे, इशान्त शर्माले दोहोरो अंकमा रन बनाउन सकेनन् भने जसप्रीत बुमराह र महमद सिराजले खाता समेत खोलेनन्।
बलिङतर्फ इगंलयाण्डका जेम्स एन्डरसनले २९ ओभरमा ६२ रन खर्चेर ५ विकेट लिए। यस्तै ओली रोबिन्सनले ३३ ओभरमा ७३ रन खर्चेर २, मार्क वुडले २४.१ ओभरमा ९१ रन खर्चेर २ र मोइन अलिले १८ ओभरमा ५३ रन खर्चेर १ विकेट लिए। २२ ओभरमा ९१ रन खर्चिएका साम कुर्रान भने विकेटविहिन रहे।