गृहमन्त्री बालकृष्ण खाँड र प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत शाहबीच भेट भएको छ ।
गृहमन्त्री खाँड र प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री शाहबीच शनिबार बिहान भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा प्रदेश प्रहरी समायोजनको बिषयमा छलफल भएको मन्त्री शाहको सचिवालयले जानकारी दिएको छ ।
गृहमन्त्री खाँडले प्रदेश २ को सुरक्षाको सवालमा आफू प्रतिबद्ध रहेको बताएका थिए ।