भरुवा बन्दुकले स्याललाई मार्ने क्रममा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ ।
रिब्दीकोट गाउँपालिका–६, तल्लो ताल बस्ने ५६ वर्षका कर्णबहादुर लम्तरीले घर नजिकैको बारीमा स्याललाई मार्ने क्रममा भरुवा बन्दुकको छर्राले लागेर आफ्नै ३५ वर्षका छोरा धनबहादुर लम्तरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ ६ बजेतिर घरदेखि एक सय मिटर परको जङ्गलमा स्याल मार्ने क्रममा एक्कासी बन्दुकका छर्रा धनबहादुरको टाउकोमा लागेको प्रहरीले जनाएको छ ।
कर्णबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए ।
घटनामा प्रयोग भएको एकनाले बन्दुकसमेत प्रहरीले बरामद गरेको छ ।