नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक छ ।
बैठक केहीबेरमा पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।
बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने माओवादी केन्द्रले जनाएको छ ।
प्रस्तावमा पार्टीको राजनीतिक कार्यदिशालाई स्पष्ट पार्ने, अहिले प्रतिगमनबिरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखापरेको विसर्जनवादी प्रवृतिको विरुद्धको संघर्षलाई दृढतापूर्वक अघि बढाउन उल्लेख गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रतिगमनकारी कदम असफल भएता पनि प्रतिगमत प्रति सजक रहँदै संविधानको रक्षा र कार्यान्वयनका निम्ति वाम सहकार्यलाई अगाडि बढाउने पनि प्रस्तावमा उल्लेख गरेको प्रवक्ता श्रेष्ठले बताए ।