सधैँझै अँगालोमा बेरिएर
केही अन्तरङ्ग कुरापछि घोरिएर
जान्न चाहन्थ्यौ सायद मेराबारे
एउटा गाह्रो प्रश्न सोधिदियौ.....
म जवाफ दिन चाहन्नथिएँ सायद
नजर झुकाएर चुपचाप बसिदिएँ
थोरै खुकुलो हुँदै अँगालोबाट
तिमीले प्रश्न दोहोर्याईदियौ.....
टार्न सकिनँ तिम्रो प्रश्न
छोटो अन्तरद्वन्द चलाएर मनमा
साँचो नबोल्ने निर्णय गरि
मैले तिमिसँग झुट बोलीदिएँ....
जीवनभरका लागि पाउने भाग्य नै थिएन
केही मीठा पल नगुमाउने लालसा थियो
जुधाई आँखा साँचो बोल्ने साहस आएन
हो, त्यसैले मैले एउटा झुट बोलिदिएँ......