म यस्तो देशको नगरिक हुँ,
जहाँ
पत्रकार,
विज्ञ,
नागरिक समाज,
कर्मचारी,
विद्यार्थी,
कलाकार,
सबै सबै कांग्रेस, माओवादी, एमाले आदि कुनै न कुनै पार्टिका
तर अफसोस, म भने दलविहीन रहेँ.....
पार्टीविहीन भएकै कारण,
मेरा लेखहरु कुनै समाचार पाटीमा प्रकाशन गरिँदैन,
मेरा विचारहरुलाई कतै महत्व दिइँदैन,
र आफू अनुकुललाई विज्ञ बनाइन्छ
कुनै पार्टीको झोला नबोकेकै कारण,
म महिनौँ सरकारी कार्यलय धाउँछु,
म कर्मचारीको पाऊ समाउन बाध्य छु,
यतिमात्र होइन, पार्टीविहीन भएकै कारण म अस्थित्वविहीन छु..........
कोरोना आओस् या बाढिपहिरो,
म खोपबाट बन्चित छु,
राहतबाट बन्चित छु,
म पार्टीविहीन छु
म
अभिवादन कमरेड.....
जय नेपाल सर.....
जिन्दावाद–मुर्दावाद... केही भट्याउदिनँ,
भट्याएको भए मेरो घरमा पनि खोप आउथेँ होला,
चोक चोकमा राहत पुग्थे होला,
तर म त केवल एक भोट न रहेछु,
मत पेटिकामा खस्ने एक सामान्य अंकमा सीमित,
सायद यहिँ रहेछ, मेरो अस्तित्व!
कहिलेकाहीँ आफैँलाई प्रश्न गर्छु,
के यो देशमा जनता भएर बाँच्न नसकिने नै हो त?
के मेरो करको रकमले मात्र मैले सुविधा पाउन नपुग्ने रहेछ त?
कतै कुनै राजनीतिक दलको सदस्यता नलिएर गल्ती त गरिएन?
म दलविहीन, एक साधारण जनता,
के यो देश मेरो पनि हैन र?