नातावाद र कृपावादले
देश लुटिसके यहाँ,
समाजवादको कुरा गर्दै
नेपाल आमाको रगत चुसिसके यहाँ.......
स्वाभिमानी मेरो देश आज कुन दिशातिर गइरहेछ?
विश्व शान्तिका लागि लडिरहने मेरो देश
आज आफ्नै शान्तिका लागि छिमेकी देशलाई गुहारिरहेछ......
बिरानो लाग्न थाल्यो आज
मेरो देश छिमेकमा हेर्छु
देशका लागि मरिमेट्ने भेट्छु
फेरि देशमा हेर्छु
सत्ता र कुर्सीको प्रपञ्च रचि
आफ्नो स्वाभिमान बेच्नेहरुको लर्को देख्छु.....
कुन ठाउँमा जाऊँ न्यान माग्न?
न्याय बिकेको देशमा
लुटेराको संगठन भयो
पवित्र न्याय दिने ठाउँमा,
यो तुच्छ घृणित राजनीतिमा
प्रचण्डको चाल चलिरहेछ
अनेकौँ सपनाहरु देखाई
भ्रमको तुच्छ प्रचण्डको खेल खेलिरहेछ...
शासन फेरियो तर शासक फेरिएनन्
व्याख्या फेरियो तर शासन गर्ने प्रवृत्ति फेरिएन
खै के भनौँ यो तुच्छ लाजनीति........