सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड भएको छ । शनिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो।
सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरको निष्काशनमा योग्य आवेदनहरु २३ लाख ०८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरिएको छ।
प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई श्रावण २० गते देखि २४ गते सम्म सार्वजनिक निष्काशन खुला गरिएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्काशनमा निष्काशन गरिएको कूल शेयर ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख कित्ता छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब ४.४८ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ।
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।
लगानीकर्ताले सिडिएसीको आइपीओ हेर्न सकिने साइट, बिक्री प्रबन्धक र सेयर निश्कासन गर्ने कम्पनी(सानिमा लाइफ)को वेबसाइटबाट पनि आफूलाई सेयर परे नपरेको हेर्न सक्नेछन्।
