नेकपा माओवादी केन्द्रको महाधिवेशन पुसमा गर्ने प्रस्ताव पेश भएको छ ।
शनिबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशन पुस ११, १२ र १३ गते गर्ने प्रस्ताव पेश गरेका हुन् ।
भदौ मसान्तभित्र पार्टी सदस्यता नविकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ ।
बैठकमा अध्यक्ष प्रचण्डले राजनीति परिस्थितिको जानकारी दिनुका साथै राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पनि पेश गरेको नेता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकमा पेश भएका प्रस्तावमाथि छलफल सुरु भएको छ । बैठक आइतबार पनि बस्नेछ ।