दोलखा, ६ फागुन – प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७ सय पर्यटकको दोलखाको कालिञ्चोकबाट उद्धार गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधनमार्फत पर्यटकको उद्धार गरेको हो।
शनिबार साँझदेखि हिमपातका कारण दोलखाको कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएका पर्यटक बीच बाटोमा अलपत्र परेका थिए। प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २२ जनाको संयुक्त उद्धार टोली खटिएको थियो।
टोलीले आइतवार साँझसम्म उद्धार कार्य जारी राखेको थियो। (रासस)