भारत महाराष्ट्रको सतारा जिल्लाको डोममा बस्ने एक सनकी डाक्टर सन्तोष पोलको कथा फेरि एकपटक हेडलाइनमा आएको छ, तर यस पटकको कथामा भने नितिन गोले नाम गरेको व्यक्ति खलनायकको रुपमा बाहिर आएको छ।
प्रहरीले अहिलेसम्म गरेको अनुसन्धानमा नितिनले आफ्नी श्रीमती र प्रेमिकाको हत्या गरेको डरलाग्दो घटना बाहिर आएको हाे। नितिनले अरु पनि धैरे हत्या गरेको हुनसक्ने प्रहरीले आशंका जताएका छन्। पाँच बर्ष बितिसक्दा पनि सतारा जिल्लाको डोमका बासिन्दाहरुले त्यँहि गाउँका डाँ सन्तोष पोललाई बिर्सन सकेका छैनन्, जसले ७ वटा महिलाहरुका जिउँदै जमिनमूनि गाडेर हत्या गरेका गरेका थिए। डाँ पोल जस्तै वाई तालुका नितिन गोलेले पनि आफ्नी श्रीमती र प्रेमिकाको हत्या गरेको खबर बाहिर आएको हाे।
प्रहरीका अनुसार उनले ३ अगस्टका दिन प्रेमिकाको हत्या गरी उसको शव जमिनमूनि गाडेका थिए। उनले आफ्नो श्रीमतीको भने ३ बर्ष पहिले २०१९ मा हत्या गरी शव जमिनमुनि गाडेका थिए।
नितिन गोलेले गरेको अपराध रहस्यमय रहेको छ, जसलाई खुलासा गर्न प्रहरी दिनरात खटिरहेका गरीरहेको छ। श्रीमती र प्रेमिकाको हत्यापछि जेलमा रहेका नितिनलाई भने उक्त हत्यापछि कुनै पश्चाताप नरहेकाे प्रहरी बताएकाे छ। प्रहरीले गरेको सोधपुछमा उनी केहि भन्न तयार छैनन्। प्रहरीले केहि सोध्दा उनी बस मुस्कुराउछन्। श्रीमती र प्रेमिकाको हत्या नितिनले किन गरे भने अझैपनि खुल्लन सकेको छैन।