पछिल्लो २४ घण्टामा २ हजार २१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने १ हजार ८६७ जना निको भएका छन्। याेसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३२ हजार ६९१ पुगेको छ। त्यस्तै नेपाल मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ भने ६ लाख ८२ हजार ६८२ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ जना रहेका छन्। जसमध्ये ३५ हजार १८ जना होम आइसोलेसनमा रहेका छन् भने ४ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ७५८ जना आईसीयू र १९३ जना भेन्टिलेटरमा उपचाररत् छन्।