प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्वार गर्न आफूले निर्देशन दिइसकेको बताएका छन्।
प्रधानमन्त्री देउवाले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आफूले हिजै निर्देशन दिइसकेको जनाएका छन्।
सरकार आफ्ना नागरिकको सुरक्षा र उद्वारमा गम्भीर भएको पनि उनले बताएका छन्। ‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो,’ उनले फसबुक मार्फत भनेका छन्, ‘सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ।’