अफगानिस्तानको काबुल एयपोर्टमा सामबार बिहान अमेरिकी सेनाले हवाई फायरिङ गरेको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार मानिसहरुलाई जहाजमा चढ्नबाट रोक्न अमेरिकी सेनाले हवाइ फायरिङ गरेको जनाएको छ।
‘भीड नियन्त्रणमा आइसकेको थियो। यो फायरिङ भीडलाई तितरबितार गर्नका लागि गरिएको हो।’ एक अधिकारीले रोयटर्ससँग भने।
सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोमा गोली चलेको आवाज सुन्न सकिन्छ। गोली चलेपछि मानिसहरु हतासिँदै विमानको आसपास र सिँढी चढिरहेको भिडियोमा देखिन्छ।
अहिले काबुल विमानस्थलमा अमेरिकी सेना परिचालित छ। सेना दूतावासका कर्मचारीहरुलाई विमानमा प्राथमिकता दिइरहेको छ।अमेरिकाले यसअघि नै आफ्ना सबै दूतावसका कर्मचारीहरुलाई विमानस्थल पुर्याइसकिएको जानकारी दिएको थियो।
अमेरिकी सेनाको हवाइ फायरिङपछि काबुल एयपोर्टमा व्यापारिक उडानहरु स्थगित गरिएको छ।
एजेन्सीहरुको सहयोगमा