काठमाडौं — प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराजलाई बर्खास्त गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश २ का प्रदेश प्रमुख अहिराजलाई बर्खास्त गरेको हो ।
बैठकले उनको स्थानमा हरिशंकर मिश्रलाई नियुक्त गरेको छ ।
तिलक परियारलाई हटाउँदै तत्कालीन केपी ओली नेतृत्वको सरकारले गत २०७७ फागुन ७ गते झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो ।