सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकपछि मन्त्रिपरिषदका निर्णय सुनाउँदै कार्कीले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने ।’
यस्तै भूपू ब्रिटिस गोर्खा सैनिकहरूका सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लन्डनमा जारी आमरण अनसनप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको प्रवक्ता कार्कीले बताए ।