काठमाडौं । सरकारले बेलायतको लन्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसनलगायतका विरोधमा कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मन्त्री कार्कीले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूका माग कूटनीतिक पहलमार्फत् सम्बोधन गर्ने प्रतिबद्धता जनाए । उनले माग पूरा गराउन कूटनीतिक पहल थालिएको बताए ।