सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले आज राति १२ बजेदेखि संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
संसद अधिवेशन अन्त्य र आह्वान मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।
असार २८ गते पुनःस्थापित भएर करिब एक महिना चलेपछि प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस भएको हो ।