नेपालले पपुवा न्यूगिनीविरुद्ध खेल्ने एक दिवसीय खेलको मिति तय भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले सेप्टेम्बर ५ (भदौ २०) मा दिउँसो तथा सेप्टेम्बर ८ (भदौ २३) मा दिउँसो/राति न्यूगिनीविरुद्ध खेल्नेछ । उक्त खेल ओमानमा हुनेछ ।
त्यसपछि नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासंग त्रिकोणात्मक सिरिज खेल्नेछ । जुन सिरिज सेप्टेम्बर १३ तारिख देखि २० तारिखसम्म (भदौ २८ देखि असोज ४ गते सम्म) हुनेछ ।
नेपाली क्रिकेट टिमले विश्वकप लिग–२ अन्तर्गत ओमान भ्रमणको लागि तयारी सुरु गरिसकेको छ । नेपाल क्रिकेट संघले २० सदस्यीय टोलिको घोषणा गरेर कीर्तिपुर स्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अभ्यास गरिरहेको छ ।