पछिल्लो २४ घण्टामा थप ३४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१५ हजार ६११ नमुना परिक्षण गर्दा २५६६ पीसीआर र ८८५ एन्टीजेट विधिमार्फत संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ । जसमध्ये ३९ हजार ३७१ सक्रिय संक्रमित छन् ।
सोमबार कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट हालसम्म १० हजार ३२७ जनाको मृत्यु भएको छ ।
आज २४५८ संक्रमित निको भएका छन् । निको हुने दर ९३.२ प्रतिशत छ ।
मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ६७७, ललितपुरमा १६७ र भक्तपुरमा ११७ जना संक्रमित थपिएका छन् ।
