स्काटल्याण्डका राजा ब्रुस गद्दिमा बस्न नपाउदैँ दुश्मनहरुले आक्रमण शुरु गरे। त्यो आक्रमणबाट निकै मुश्किलले बचेका ती सम्राटमाथि दुश्मनहरुले फेरी आक्रमण गरे।
उनी हार्दा–हार्दै जोगिए। फेरी अन्य देशका धेरै राजाहरुले आक्रमण गरेपछी उनको राजगद्दि खोसियो। लगातार १४ पटक असफल भएपछी उनका सैनिकहरुले पनि ब्रुसको साथ छोडेर गए।
निराश ब्रुस एउटा पहाडमा बसिरहेका थिए। त्यहा एउटा माकुरा हावा उडेर एउटा रुखबाट अर्को रुखमा जालो बुन्ने प्रयास गरिरहेको थियो। तर, जाली हरेक पटक चुढिन्थ्यो। माकुराले करिव २० चोटि प्रयास गर्यो। अन्ततः ऊ २१ औँ पटकमा सफल भयो।
ते देखेर सम्राट ब्रुसले सोचेँ अझै मसँग ७ पटक अवसर बाँकी छ, अहिले नै म किन हिम्मत हारुँ? उसले आफ्नो सारा शक्ति लगाएर दुश्मनमाथि आक्रमण गर्यो र जित हासिल गर्यो। र, सबैको सम्राट बन्यो।
ठिकै भनिएको रहेछ, बारम्बार प्रयास गर्दा नै सफलता मिल्दो रहेछ। सुतिरहेको सिंहको मुखमा शिकार आफैँ जादैन, सिंहले शिकार गरेर नै त्यो प्राप्त गर्छ। त्यसैले आफ्नो क्षमताले भ्याएसम्म प्रयास गर्न छाड्नु हुदैन।