प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज पदमुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश २ का प्रदेश प्रमुख अहिराजलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो ।
मंगलबार राष्ट्रपति भण्डारीले झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।
तिलक परियारलाई हटाउँदै तत्कालीन केपी ओली नेतृत्वको सरकारले गत २०७७ फागुन ७ गते झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो ।
त्यस्तै हरिशंकर मिश्र प्रदेश २ का नयाँ प्रदेश प्रमुख नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनको स्थानमा मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियाे । प्रदेश प्रमुखमा नियुक्त भएका मिश्र कांग्रेसका पुराना नेता हुन् ।