प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक सुरु भएको हो । बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सहभागी छैन ।
सरकारले संसद बैठक स्थगित गरेर एमाले वरिष्ठ नेता नेपाललाई सजिलो हुने गरि अध्यादेश ल्याउने तयारी पनि अध्यक्ष केपी शर्मा ओली पक्ष त्रसित भएको छ । अध्यादेश ल्याउन अहिले मन्त्रिपरिषद् बैठक जारी छ ।
सम्बन्धित समाचारः मन्त्रिपरिषद् बैठक सुरु, माधव पक्षलाई पार्टी फुटाउन सजिलो हुने गरि अध्यादेश आउँदै
सोमबार राति विज्ञप्ति निकाल्दै ओलीले एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागिएको भन्दै पार्टी विभाजनविरुद्ध एकजुट हुन आव्हान गरेका थिए ।
त्यसलगत्तै ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाइका थिए । संसदीय दलको बैठक आजै दिउँसो ३ बजे बस्नेछ ।