नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेर ३ दिनभित्र संसद् अधिवेशन बोलाउन माग गरेका छन् ।
मंगलबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यादेश गलत मनाशाय र उद्देश्य राखेर ल्याइएको आरोप लगाए ।
एमाले फुटाउन खोज्दा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने ओलीको चेतावनी छ ।
सम्बन्धित समाचारः
अध्यादेशको सत्तारुढ दल कांग्रेस र माधव पक्षभित्रै विरोध
सरकारले ल्यायो अध्यादेश, माधव नेपाल र महन्थ ठाकुर पक्षलाई फाइदा