नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई केही कदम पछि हटेर सम्झौता गर्न आग्रह गरेका छन् ।
आमाको निधनपछि क्रियामा रहेको भट्टराईले मुलुक र भावी पुस्ताको भविस्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नुपर्ने बताएका हुन् ।
सरकारले मंगलबार ल्याएको अध्यादेश फिर्ता लिन भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकतातिर धकेलेर व्यवस्था र संविधानलाई धारासायी पार्ने सुनियोजित षड्यन्त्र रहेको उनको आरोप छ ।
उनले भनेका छन्, ‘यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोलि पनि गलत नै हुनेछ । विगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालिन नेतृत्वको घोर असफलता हो । आजका दिनमा प्रम शेर ब. देउवाले यो अध्यादेश विनासर्त फिर्ता लिनुपर्दछ ।’