नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित १४ जना सांसदहरुको पद खारेज गर्न संसद् सचिवालयलाई पत्र पठाएको छ ।
पार्टीको निर्देशन र अनुशासन उल्लंघन गरेको भन्दै एमालेले उनीहरुलाई सांसद पदबाट हटाउन सचिवालयमा पत्र पठाएको हो ।
वरिष्ठ नेता नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई सांसद पदबाट हटाउन पत्र सचिवालयमा पुगेको हो ।