नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओली अहंकारको घोडामा सवार रहेको आरोप लगाएका छन् ।
मंगलबार आफूनिकट जनवर्गीय संगठनको भेलालाई भर्चुअल भेलालाई विशेष सम्बोधन गर्दै सो आरोप लगाएका हुन् ।
ओलीले अध्यक्षको भूमिका निर्वाह नगरेको, पार्टीको नभएर गुटको नेता सावित भएको र पार्टी नभएर गुटको चिन्ता गरेको नेपालले आरोप लगाए ।
ओलीले पार्टीमा अन्याय गरेको र अन्याय सहन नसकेर आफूहरुले विद्रोह गरेको नेपालले सुनाए ।
नेपालले नेकपा एमाले विभाजनको मोडमा उभिएको बताए । उनले भने, ‘एमाले विभाजनको मोडमा उभिएको छ । विभाजनको दिशातर्फ लैजान केपी ओली लागि पर्नुभएको छ, एकतावद्ध गर्न चाहनुभएको छैन । पदीय दायित्व पूरा गर्नुभएन । अहंकारको घोडामा सवार हुनुहुन्छ ।’